नेपालमा आगामी एक सातासम्म देशभर वर्षा जारी रहने मौसमविद् डा. बिनोध पोखरेलले बताएका छन्। उनका अनुसार आउँदा केही दिनहरूमा वर्षाको मात्रा अझ बढ्ने सम्भावना रहेको छ।
विभिन्न मौसम पूर्वानुमान मोडलहरूलाई उद्धृत गर्दै मौसमविद् पोखरेलले घटस्थापनाको अघिल्लो दिनसम्म देशका धेरैजसो भू-भागमा वर्षा हुने जानकारी दिएका छन्।
तराईका समथर भू-भागदेखि हिमाली क्षेत्रसम्मका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने काठमाडौँ उपत्यकामा पनि पानी पर्ने प्रक्षेपण गरिएको छ।
वर्षाका कारण यात्रा तथा दैनिक कामकाजमा असर पर्न सक्ने भएकाले सर्वसाधारणलाई मौसमसम्बन्धी ताजा जानकारी (अपडेट) मा रहन र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

