पछिल्ला केही साताहरूमा ब्राजिलका सामाजिक सञ्जालहरूमा एउटा अनौठो र हास्यास्पद षड्यन्त्रको सिद्धान्त निकै भाइरल भइरहेको छ। सो सिद्धान्तअनुसार रियाल मड्रिड तथा ब्राजिलका स्टार फुटबलर भिनिसियस जुनियरलाई अपहरण वा प्रतिस्थापन गरी उनको ठाउँमा उस्तै देखिने ‘क्लोन’ राखिएको दाबी गरिएको छ।
यसै सन्दर्भमा अक्टोबर ३ मा भारतको कोलकातास्थित साल्ट लेक स्टेडियममा भारतविरुद्ध मैत्रीपूर्ण खेल खेल्न आएका भिनिसियस नै ती ‘क्लोन’ हुन् त भन्ने प्रश्न पनि समर्थकहरूमाझ चर्चाको विषय बनेको छ।
समर्थकहरूले भिनिसियसको अनुहारका केही बनोट, कानको आकार र टाटु पहिलेको भन्दा फरक देखिएको भन्दै तस्बिरहरू तुलना गर्न थालेका छन् ।
सबैभन्दा चरम दाबीमा भने व्यावसायिक सम्झौता र विज्ञापन बचाउनका लागि प्रायोजकहरूले उनलाई ‘डुप्लिकेट’ खेलाडीसँग बदलेको भन्नेसम्मका कुराहरू प्रचार गरिए।
रियाल मड्रिड र भिनिसियसको नजिकको टोलीले यो षड्यन्त्रको सिद्धान्तलाई पूर्ण रूपमा अस्वीकार गर्दै हास्यास्पद भनेका छन्।

