अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको बढोत्तरीसँगै नेपाली बजारमा पनि बुधबार सुनको भाउमा उच्च वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १४ हजार ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँ रहेको थियो। एक सातादेखि घट्दो क्रममा रहेको सुनको भाउ बुधबार एकैदिन उल्लेख्य रूपमा बढेको हो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। बुधबार चाँदी प्रतितोला ४१५ रुपैयाँले बढेर ४ हजार ९ सय २० रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य उकालो लागेका कारण स्थानीय बजारमा पनि यसको प्रत्यक्ष प्रभाव परेको महासंघले जनाएको छ।

