थाइल्याण्डकी राजकुमारी सिनेनाथ बिलासकल्याणीद्वारा लुम्बिनीको भ्रमण

spot_img

थाइल्याण्डको राजपरिवारकी विशिष्ट सदस्य सिनेनाथ बिलासकल्याणीले भगवान बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ। उहाँ बिहीबार अपराह्न सीमावर्ती नाका बेलहिया हुँदै लुम्बिनी आइपुग्नुभएको हो।

उहाँले लुम्बिनीस्थित मायादेवी मन्दिरमा विशेष पूजाआजा गर्नुका साथै शान्ति दीप र अन्य बौद्ध स्तूपहरूको अवलोकन गर्नुभएको छ।

राजकुमारीको साथमा थाइल्याण्डका भिक्षुहरू र अधिकारीहरू सहितको ७० सदस्यीय टोली नेपाल आएको छ।लुम्बिनी आउनुअघि उहाँले भारतका प्रसिद्ध बौद्ध तीर्थस्थलहरू बोधगया, सारनाथ र कुशीनगरको पनि दर्शन गर्नुभएको थियो।

थाई राजपरिवारको यो भ्रमणले नेपाल र थाइल्याण्डबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिएको छ। साथै, यसले लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा समेत ठूलो सहयोग पुग्ने देखिन्छ। उहाँ आजै थाई एयर फोर्सको चार्टर्ड विमानमार्फत भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

सम्बन्धित समाचार

ताजा समाचार