निर्वाचन आयोगद्वारा बालेन, हर्क र महेश बस्नेतसँग स्पष्टीकरण माग

spot_img

निर्वाचन आयोगले आज बालेन शाह, हर्क साम्पाङ, महेश बस्नेत र निकोलस भुसाललाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

आगामी चैत ५ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा बालेन र महेश बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिस्पर्धी उम्मेदवारहरूमाथि व्यक्तिगत लाञ्छना र अपमानजनक टिप्पणी गरेको, हर्क साम्पाङले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग गरेको तथा निकोलस भुसालले हिंसाको प्रतीक मानिने सामग्री प्रचारमा प्रयोग गरेको भन्दै आयोगले गम्भीर चासो व्यक्त गरेको हो।

निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउने उद्देश्यले सोधिएको यस स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएमा उनीहरूको उम्मेदवारी समेत संकटमा पर्न सक्ने कानुनी प्रावधान रहेको छ।

सम्बन्धित समाचार

ताजा समाचार