कोरिया जान नपाएपछि इपीएस पास गरेका युवाहरूको काठमाडौंमा प्रदर्शन

spot_img

रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत दक्षिण कोरियाका लागि लिइने भाषा र सीप परीक्षा उत्तीर्ण गरी ‘रोस्टर’मा नाम रहेका सयौं नेपाली युवाहरूले आज काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूका अनुसार उनीहरूले परीक्षा पास गरेको दुई वर्षभन्दा बढी भइसक्दा पनि अझै कोरिया जाने प्रक्रिया अघि बढेको छैन।रोस्टरमा रहेका पुराना उम्मेदवारहरूलाई नपठाउँदै सरकारले नयाँ परीक्षा र आवेदनहरू खुलाएको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।

इपीएस कोरिया शाखाकी निर्देशक बिन्दा आचार्यका अनुसार, नेपाल सरकारले रोस्टरको म्याद थप्ने र क्षेत्र परिवर्तन गर्ने विषयमा दक्षिण कोरियाली सरकारसँग निरन्तर छलफल गरिरहेको छ। यद्यपि, कसलाई लैजाने भन्ने अन्तिम निर्णय कोरियाली रोजगारदाताकै हातमा हुने भएकाले सरकारले मात्र सबै समस्या तुरुन्तै हल गर्न नसक्ने उनको भनाइ छ।

प्रदर्शनका कारण ग्वार्को र बालकुमारी क्षेत्रको यातायात केही समय प्रभावित भएको थियो। प्रदर्शनकारीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने आन्दोलनरत पक्षलाई वार्तामा आउन र धैर्य गर्न आग्रह गरेको छ।

सम्बन्धित समाचार

ताजा समाचार