नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षधरसँग छलफल गर्ने तयारी गरेका छन् ।
सोमबार आफूनिकट नेताहरूसँग छलफल गर्दै सभापति देउवाले पार्टीलाई एकताबद्ध गर्न महाधिवेशन पक्षधरसँग छलफल गर्ने बताएका हुन् ।
सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने निष्कर्ष निकालिएको नेताहरूले बताएका छन् ।

