खेलकुद मन्त्रीलाई अमेरिका आमन्त्रण गरिएको छैन : एनआरएनए

spot_img

गैरआवासीय नेपाली संघ अमेरिकाले नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण नगरेको प्रस्ट पारेको छ ।

एक विज्ञप्ति जारी गर्दै एनआरएनए अमेरिकाले कुनै पनि युवा सम्बन्धी कार्यक्रम आयोजना नगरिएको प्रस्ट पारेको हो ।

अनधिकृत गतिविधिहरूप्रति सचेत रहन र आधिकारिक जानकारीका लागि संस्थाका मान्य माध्यमहरूमा भर पर्न एनआरएनए अमेरिकाले अनुरोध समेत गरेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार