काठमाडौंको गैरीगाउँस्थित एक काठ गोदाममा भीषण आगलागी भएको छ । अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले आगोलागी नियन्त्रणको प्रयास गरिरहेका हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, गैरीगाउँमा रहेको काठको गोदाममा आगलागी भएको हो ।
आगलागीको कारणबारे थप बुझ्ने काम भइरहेको जनाइएको छ ।

