रुसी सेनामा कार्यरत बैतडीका एक युवकको मृत्यु

spot_img

रुसी सेनामा कार्यरत बैतडीका एक युवकको मृत्यु भएको छ ।

रुस–युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली नगरपालिका–७, काँडाका ३३ वर्षीय मनोजसिंह भाटको मृत्यु भएको हो ।
करिब दुई वर्षअगाडि रुसी सेनामा भर्ना भएका भाट केही समयदेखि सम्पर्कविहीन थिए । डीएनए परीक्षणबाट भाटको मृत्यु पुष्टि भएको जानकारी पाएको मेलौली–७ का वडाअध्यक्ष रामचन्द्र भट्टले बताए ।

भाटको घरमा आमाबुवा, भाइ र श्रीमती छन् ।

सम्बन्धित समाचार

ताजा समाचार