आजको मौषम कस्तो रहला ?

spot_img
आज दिउँसो
देशका पहाडी तथा हिमाली भू‍-भागमा साधारण बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपात साथै कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू‍-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ।
आज राती
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहनेछ ।
दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार