नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएको घटनाको सम्बन्धमा जाँचबुझ आयोगमा उपस्थित भएर बयान दिने भएका छन्।
आयोगले सोधपुछका लागि बोलाएपछि उनी सोमबार बिहान ११ बजे आयोगको कार्यालयमा उपस्थित हुन लागेका हुन्।आयोगको पत्रपछि आफू बयान दिन जाने जानकारी लेखकले यसअघि नै पार्टीलाई गराइसकेका छन् ।
लेखकको सचिवालयका अनुसार, सोमबार दिउँसो १२ बजे उनी बयानका लागि आयोगमा जानेछन् । जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए ।
आयोगमा बयान दिएपछि लेखकले दिउँसो ४ बजे सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारी समेत गरेका छन्।

