गौँथली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न

spot_img

गौँथली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उत्त सभाको अध्यक्षता संस्थाका अध्यक्ष दिपेश कार्कीले गर्नु भएको थियो । साधारण सभामा लेखा समिति संयोजक बिरेन्द्र कुँवरले आ.व.२०८१/८२ को प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो ।

विवरण अनुसार २०८२ असार मसान्तसम्मको कुल कारोबार १० करोड ४६ लाख ८ हजार ३ सय १७ रुपैया रहेको छ । यस्तै सस्थाको चुक्ता शेयर पुंजी ८९ लाख ७९ हजार ३ सय रुपैया रहको छ भने निक्षेप रकम ८ करोड १७ लाख ८३ हजार ९ सय २१ रुपैया रहेको संयोजक कुँवरले बताउनु भयो । गत आर्थिक वर्षमा सस्थाले ७ करोड ६५ लाख ९८ हजार ६ सय २५ रुपैयाको कर्जा लगानी गरेको छ भने सस्था सगँ नगद तथा बैंक मौज्दात १ करोड २४ लाख ८९ हजार २सय ५४ रुपैया रहेको कुँवरले जानकारी दिनुभयो ।

यस्तै सभामा १५औं वार्षिक साधारण सभाले स्वीकृत गरे अनुसार सञ्चालक समिति र लेखा समितिले प्रति बैठक प्राप्त गर्ने पारिश्रमिक, भत्ता र अन्य सुविधाहरु कसैले पनि नलिएको जानकारी गराइयो ।

यस्तै सभामा बिगत सात वर्षदेखिको समितिले नयाँ सर्वसम्मत समितिका सदस्यहरुको सपथ ग्रहण पनि गरिएको थियो र प्रमाण पत्र पनि बितरण गरिएको थियो। नयाँ समितिमा चेतन न्यौपाने अध्यक्ष सर्वसम्मत निर्बिरोध निर्वाचित भएका हुन्। नव निर्वाचित अध्यक्ष चेतन न्यौपानेले आ.व. २०७८/७९ देखि बजारमा उत्पन्न विविध समस्याको कारण बचत संकलन, ऋण लगानी तथा असुली, सदस्यता बृद्धि आदि चुनौतीका बावजुद संस्थाले उल्लेख्य काम सम्पन्न गरेको सभालाई जानकारी गराउनु भयो ।

“मेरो बचत मेरो मोबाईलमा” लाई आधार बनाउदै आधुनिक जगतको इलेक्ट्रोनिक सुबिधा सहितको मोबाईल बैंङकिङ्ग एप लगायत विभिन्न शिर्षकमा विमा, स्वास्थ्य परिक्षण शिबिर, रक्तदान कार्यक्रम, सामाजिक सेवाका कार्यहरु तथा सदस्य तालिम संचालन गरेको उहाँले जानकारी दिनुभयो ।

सभामा सर्बोत्कृष्ठ कर्मचारी तथा बिभिन्न शिर्षकमा सदस्यहरुलाई सम्मान पत्र पनि बितरण गरिएको थियो ।

यस्तै न्यौपानेले भविष्यमा आउने चुनौतिहरुलाई अवसरमा रुपान्तरण गर्दै संस्थालाई अझ सामुदायिक, उत्तरदायी र दिगो दिशा तर्फ अग्रसर गराउने लक्ष्यमा दृढ रहेको प्रतिवद्दता व्यक्त गर्नुभयो ।

 

Gauthali Sahakari Arthik Bibaran

सम्बन्धित समाचार

ताजा समाचार