अलैँचीको निर्यातमा ६० प्रतिशतले बृद्धी,चियाको निर्यातमा ३१ दशमलव ४० प्रतिशतले गिरावट

spot_img

चालु आर्थिक वर्ष २०८२-०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यातमा ६० प्रतिशतले बृद्धी भएको छ ।

मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु पाँच अर्व ५३ करोड ३२ लाख ४९ हजार बराबरको अलैची निर्यात भएको छ ।

पाँच महिनाको अवधिमा दुई हजार ६२२ दशमलव १० मेट्रिक टन अलैँची निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईले जानकारी दिए । अघिल्लो आव २०८१-०८२ को सोही अवधीमा रु तीन अर्ब ४५ करोड ६३ लाख बराबरको अलैँची निर्यात भएको उनले बताए।

कार्यालयको तथ्याङ्अनुसार चालु आवको पाँच महिनामा चियाको निर्यात ३१ दशमलव ४० प्रतिशतले घटेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार