बीपीएलमा सन्दीपको टोलीको विजयी सुरुआत, सन्दीपको २ विकेट

spot_img

नेपाली राष्ट्रिय टोलीका सन्दीप लामिछाने आबद्ध राजशाही वारियर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल)मा रोमाञ्चक जित निकालेको छ ।

शुक्रबार सम्पन्न खेलमा राजशाहीले सिल्हेट टाइटन्सलाई ८ विकेटले पराजित गरेको हो। सिल्हेटले दिएको १९१ रनको लक्ष्य पछ्याएको राजशाहीले अन्तिम २ बल बाँकी रहँदा २ विकेट गुमाएर १९२ रन बनायो।

जितसहित राजशाहीले २ अंक जोडेको छ।खेलमा नेपालका सन्दीपले सर्वाधिक २ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३८ रन खर्चिए।

सम्बन्धित समाचार

ताजा समाचार