राष्ट्रिय क्रिकेट खेलाडी मनिष थापाको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ।
गएराती पौने १ बजेतिर मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ।
क्रिकेटका राष्ट्रिय खेलाडी थापा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्दै ९ वर्षभन्दा लामो समयदेखि खेलिरहेका थिए। ब्याट्सम्यान उनले केही फ्रेन्चआई लिगसमेत खेलिसकेका थिए ।

