सबैको आलोचना खेप्ने अचानो होइनौं : प्रधानमन्त्री कार्की

spot_img

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफूहरू सबैतिरको आलोचना खेप्ने अचानो नभएको बताएकी छन् ।

सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले अन्तरिम सरकारमाथि अहिले जेन–जी, राजनीतिक दलहरू सबैले प्रहार गरिरहेको बताइन् । विगतमा भएका गल्ती र कमजोरीको आवेगमा गत भदौ २३ र २४ गतेको घटना भएको र त्यसको आवेग आफूहरूले सहिरहेको बताइन् ।

प्रधानमन्त्री कार्कीले आफूहरू जेनजीका रगतमा ऐस आराम गर्न नआएको बताइन् ।

सम्बन्धित समाचार

ताजा समाचार