काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत बुटवल इजलासले आदेश दिएको छ ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो तर, धरौटी रकम भने खुल्न बाँकी छ ।
बुटवलको सुप्रिम सहकारीको रकम अनियमितता प्रकरणमा रविसहितका प्रतिवादीलाई रु १० करोड ९९ लाख ३६ हजार सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको थियो ।

