पुरुष टी–२० विश्वकपको ट्रफी टुर सुरु, कहिले आउँछ नेपाल ?

spot_img

काडमाडौं । आइसिसी पुरुष टी–२० विश्वकप २०२६ ट्रफी टुर सुरु भएको छ। ट्रफी टुर आज एडम्स ब्रिज माथिबाट औपचारिक रूपमा सुरु गरिएको हो।

भारतमा सांस्कृतिक रूपमा अत्यन्त सम्मानित यस स्थानलाई राम सेतु भनिन्छ, जसले सह–आयोजक देशहरू भारत र श्रीलङ्कालाई जोड्ने प्रतीकात्मकद्वारको काम गर्छ।

विश्वकप ट्रफि टुअर नेपालसहित एसियाका देशमा हुनेछ। भारत, श्रीलङ्का, कतार, ओमन, नेपाल, बहराइन र मंगोलिया जस्ता देशहरूमा टी–२० विश्वकपको ट्रफी ल्याइने आइसिसीले जनाएको छ । ति देशका क्रिकेट फ्यानहरूले फीलाई नजिकबाट हेर्ने अवसर पाउनेछन्।

तर नेपालमा ट्रफि टुअर कहिले आउनेछ भनी कुनै निश्चित मिति सार्वजनिक गरिएको छैन । ट्रफीलाई आइसिसी पुरुष टी–२० विश्वकप २०२६ मा भाग लिने खेलाडीसँग सम्बन्धित स्कूल र कलेजहरूमा पनि लगिनेछ। यस्तै टुरमा क्याम्पस भ्रमण, फ्यान भेटघाट, सार्वजनिक सक्रियताहरू र क्रिकेट कार्निभलहरू जस्ता विविध कार्यक्रमहरू समावेश हुनेछन्।

ट्रफीलाई आइसिसी पुरुष टी–२० विश्वकप २०२६ मा भाग लिने खेलाडीसँग सम्बन्धित स्कूल र कलेजहरूमा पनि लगिनेछ।
२० टोली सहभागी हुने आइसीसी पुरुष टी २० विश्वकपको १०औँ संस्करण २९ दिनसम्म उच्च–स्तरीय क्रिकेटसहित आयोजना हुनेछ।

भारतका पाँच र श्रीलङ्काका तीन गरी कुल आठ विश्वस्तरीय मैदानमा हुने यो प्रतियोगिता ७ फेब्रुअरीदेखि ८ मार्च २०२६ सम्म चल्नेछ, र यो खेलको सबैभन्दा रोमाञ्चक ढाँचामध्ये एक अत्यन्तै आकर्षक संस्करण हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार