काठमाडौं । काठमाडौं गोर्खाजलाई हराउँदै लुम्बिनी लाययन्स क्वालिफायर २ मा प्रवेश गरेको छ ।
दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा आज लुम्बिनी लायन्सले काठमाडौँ गोर्खाजलाई ४ विकेटले पराजित गरेको हो ।
काठमान्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। योसँगै काठमाडाैं प्रतियोगिताबाट बाहिरिएको हाे।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा काठमाडाैं विरूद्ध लुम्बिनीका डीुआर्सी जोन म्याथ्यूले सर्वाधिक ३३ रनको योगदान गरे। उनले ३४ बलमा २ छक्का प्रहार गरे।
त्यस्तै, सन्दीप जोरा २३, कप्तान रोहित पौडेल १८, दिलीप नाथ ७, रुबेल ट्रप्मलम्यान ५ र दिनेश अधिकारीले ४ रन जाेडे।
यता काठमाडाैंका सन्तोष यादवले २ तथा कप्तान करण केसी, सन्नी पटेल, राशिद खान र शाहब आलमले समान १ विकेट लिए।
याेसँगै भाेलि बिहिबार लुम्बिनी लायन्स फाइनलका लागि वीराटनगर किङ्ससँग भिड्नेछ ।

