काठमाडौं गोर्खाजसँग हारको बदला लिने दाउमा लुम्बिनी लायन्स

spot_img

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् । काठमाडौं तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेर इलिमिनेटरमा पुगेका हुन्।

प्लेअफअन्तर्गत आज दोस्रो क्‍वालिफायर खेल अपरान्ह ४ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा सुरु हुनेछ ।लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो । यस खेलमा लुम्बिनी लायन्स हारको बदला लिने दिने दाउमा छ ।

यो खेल जित्ने टोलीले बिहीबार क्वालिफायर २ मा विराटनगर किङ्ससँग भिड्नेछ। प्लेअफअन्तर्गत पहिलो क्‍वालिफायरमा विराटनगर किङ्स सुदूरपश्चिम रोयल्ससँग ७८ रनले पराजित भएको थियो।

सम्भावित ११

काठमान्डु गोर्खाज : बेन चार्ल्सवर्थ, आकाश त्रिपाठी, मिलिन्द कुमार, भीम सार्की, जोन सिम्पसन, राशिद खान, सन्तोष यादव, आदिल आलम, सन्नी पटेल, करण केसी, शाहब आलम

लुम्बिनी लायन्स : डार्शी शर्ट, सुमित महर्जन, रोहित पौडेल, दिलिप नाथ, निरोशन डिक्‍वेला, जेजे स्मिथ, सन्दीप जोरा, शेर मल्ल, रुबेन ट्रम्पलमन, अभिशेष गौतम, तिलकराज भण्डारी

 

सम्बन्धित समाचार

ताजा समाचार