काठमाडाैँ । सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा प्लेअफमा पुग्ने समिकरण पूरा भएकाे छ । शुक्रबार जनकविरूद्धकाे खेलमा जितेसँगै प्लेअफमा पुग्ने चाैथाे टाेली बनेकाे हाे ।
सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र विराटनगर किंग्सले यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेका छन् ।
बिहीबार भएको लिग चरणको खेलमा काठमान्डु गाेर्खाजले पोखरा एभेन्जर्सलाई पराजित गरेपछि प्लेअफमा पुग्ने दोस्रो टिम बनेको थियो । यस्तै बिहीबार भएकाे अर्को खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई पराजित गरेपछि सुदूरपश्मिचले शीर्ष स्थान पक्का गर्दै क्वालिफायर वानमै स्थान बनायो । चितवन राइनोजले हार्दा विराटनगरले पनि प्लेअफमा स्थान बनाएको हो ।
६ मा ६ वटै खेल जितेर अपराजित रहेको सुदूरपश्चिम १२ अंक जोडेर शीर्ष स्थानमा रहेकाे छ । लिगमा अझै एक खेल खेल्न बाँकी रहँदा सुदूर शीर्ष स्थानमै रहने पक्का छ । यस्तै ७ खेल खेलिसकेको काठमान्डु ५ जित र २ हारसँगै १० अंक जोडेर दाेस्राे स्थानमा छ । ६ खेल खेलेको विराटनगर २ हार र ४ जितबाट ८ अंकसहित तेस्रो स्थानमा छ ।
यस्तै ७ वटै खेल खेलिसकेकाे लुम्बिनी ४ जित र ३ हारसँगै ८ अंक जाेडेर चाैथाे स्थानमा छ । लुम्बिनीकाे आजको खेलमा जित हासील गरेसँगगै प्लेअफमा स्थान सुरक्षित गरेकाे हाे ।
लुम्बिनीले जनकपुरलाई पराजित गरेसँगै जनकपुरसहित पोखरा एभेन्जर्स र चितवन राइनोजको पनि प्लेअफ पुग्ने सम्भावना समाप्त भएकाे छ । कर्णाली याक्स भने यसअघिनै प्लेअफकाे होडबाट बाहिरिसकेको छ ।

