काठमाडौं । जापानमा कामदार पठाउने म्यानपावर कम्पनीहरूको इजाजतपत्र नवीकरण रोकिएपछी १ सयभन्दा बढी म्यानपावर कम्पनी अन्योलमा परेका छन् । वैदेशिक रोजगार विभाग र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच समन्वय अभाव, पुरानो निर्देशिका खारेज गर्ने प्रक्रिया र कानुनी परिवर्तनपछिको अस्पष्टताले गर्दा साउनदेखी नवीकरण राेकिएकाे हाे ।
पुरानो निर्देशिका खारेज गर्ने प्रक्रिया अगाडि बढिरहेकाले नवीकरणमा ढिलाई भएको श्रम मन्त्रालयले जनाएको छ । जापानमा कामदार पठाउने प्रणाली पुराना नियमअनुसार चलिआएको र उक्त निर्देशिकालाई अहिले खारेज गर्न सिफारिस भएको मन्त्रालयले जनाएकाे छ ।

