कर्णाली र विराटनगरमा कसले जित्ला ?

spot_img

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा त्रिवि अन्तर्राष्ट्रिय मैदानमा अहिले चितवन राइनोज र काठमान्डु गोर्खाजबिच प्रतिस्पर्धा भइरहेकाे छ । काठमान्डु गोर्खाजले दिएकाे १४३ रनकाे लक्ष्य चितवनले पछ्याइरहेकाे छ ।

चितवनले ४ खेलमा ३ खेलमा जित हासील गर्दा १ खेलमा हार बेहोरेको छ भने ५ खेल खेलेको काठमान्डुले २ मा जित र ३ मा हारको नतिजा निकालेको छ ।

यस्तै दोस्रो खेल अपरान्ह ४ बजे कर्णाली याक्स र विराटनगर किंग्सबीच हुँदैछ । साेमपाल भर्सेस सन्दिप हुने याे खेलमा विराटनगर हाबि हुनसक्ने आकलन गरिएकाे छ । तर, कर्णालीले सरप्राइज गर्ने अपेक्षा पनि गरीएकाे छ ।

कर्णाली र विराटनगर दुवै आफ्नो पछिल्लो खेलमा पराजित भएका थिए । कर्णाली सुदूरपश्चिमसँग पराजित भएको थियो भने चितवनले विराटनगर किंग्सको लगातार तीन खेलको अपराजित यात्रामा ब्रेक लगाएको थियो । कर्णालीले तीनमध्ये १ खेल जित्दा २ खेलमा हार व्यहोरेको थियाे ।

आजको खेलमा दुवै टोलि जितको लयमा फर्कने प्रयासमा छन् । तीन खेलबाट दुई अंक जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब छ ।

अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट ६ अंक जोडेको छ । आजको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार