विराटनगरकाे अपराजित यात्रा कायमै रहला?

spot_img

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज बुधबार विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे सुरु हुने खेलमा विराटनगर सन्दीप लामिछाने र चितवन कुशल मल्लको कप्तानीमा मैदान उत्रनेछन् । गत संस्करणको खेलमा चितवन विरुद्ध विराटनगरले ५१ रनको फराकिलो जित निकालेको थियो ।

विराटनगर ३ खेलमा अपराजित रहेकाे छ भने लुम्बिनीले २ खेल खेल्दा १ मा जित र १ मा हार व्यहोरेको छ ।

पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको जित निकालेको विराटनगर दोस्रोमा काठमाडौं गोर्खाजमाथि ५ विकेट र तेस्रो खेलमा जनकपुर बोल्ट्समाथि ९ रनको जितसहित अपराजित यात्रामा रहेको छ।

२ खेल खेलेकाे चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो भने दोस्रो खेलमा चितवन लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो ।

लिग चरणमा अपराजित रहेको विराटनगर चितवनलाई पराजित गर्दै प्लेअफ खेल्ने सम्भावनालाई थप बलियो बनाउन चाहन्छ।

यता  तेस्रो खेल खेल्न लागेको चितवन पनि लयमा रहेको विराटनगरलाई पराजित गर्दै अंक तालिका सुधार गर्ने योजानमा हुनेछ । शीर्ष चारमा रहेर प्लेअफ पुग्ने सम्भावनालाई कायम राख्न चितवनका लागि आजको खेल महत्त्वपूर्ण रहनेछ ।

टिममा कुशल मल्ल (कप्तान), विपिन आचार्य, कमल सिंह  ऐरी, दीपक बोहरा, रवि बोपारा, रिजन ढकाल, सौगात ढकाल, गौतम केसी, देव खनाल, रञ्जित कुमार, डेविड मलान, अल्पेश रामजानी, अमरसिं रटेउला, विपिन रावल (विकेटकिपर), अर्जुन साउद (विकेटकिपर), सोहेल तनवीर र सैफ जैब रहेका छन् ।

विराटनगर किंग्सकाे टिममा सन्दीप लामिछाने (कप्तान), बसिर अहमद, लोकेश बम (विकेटकिपर), सुवास भण्डारी, नरेन भट्ट, मार्चेन्ट डी लाङ, फाप डु प्लेसिस, मार्टिन गप्टिल, प्रतीश जीसी, साम हेजलेट, नारायण जोशी, श्रावण किस्कु, जर्ज मुन्से, आयुष न्यौपाने, साहिल पटेल (विकेटकिपर), शङ्कर राना, शुभम रञ्जने र सूर्य तामाङ रहेका छन् ।

लिगमा ३ खेल खेलेको विराटनगर ६ अंकमा तालिकाको दोस्रो स्थानमा छ । २ खेलबाट २ अंक बनाएको चितवन पाचौँ स्थानमा छ ।

 

सम्बन्धित समाचार

ताजा समाचार