काठमाडाैँ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि आज शुक्रबारसम्म ३४ दल निर्वाचन आयोगमा दर्ता भएका छन् । ३४ दल मात्रै दर्ताको लागि आएको र नेकपा (एमाले)समेत अहिलेसम्म दल दर्ताको लागि नआएकाे निर्वाचन आयोगले जनाएको छ ।
एमालेले राष्ट्रियसभा निर्वाचनका लागि मात्रै दल दर्ता गरेको छ । राष्ट्रियसभाको चुनाव ११ माघमा हुँदै छ ।
राष्ट्रियसभाको चुनावका लागि नेपाल मजदुर किसान पार्टी (नमकिपा), नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी (नेपाल), नेकपा (एमाले), राष्ट्रिय जनमोर्चा र बहुजन शक्ति पार्टी गरी ६ दल दर्ता भएका छन् ।
राष्ट्रियसभाको चुनावका लागि ७ मंसिरसम्म र प्रतिनिधिसभाका लागि १० मंसिरसम्म दल दर्ताको मिति तोकिएको छ ।

