आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि नेपालले अपराजित रहँदै जितेको छ ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमीमा भयकाे अन्तिम खेलमा सामोआलाई १ सय २४ रनले हराउँदै नेपालले उपाधि जितेको हो ।
नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको सामोआले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्र बनायो । सामोआका लागि सिन सोलियाले सर्वाधिक ४० रन बनाए ।
बलिङ तर्फ नेपालका लागि ललित राजवंशीले तीन विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले समान एक–एक विकेट लिए ।

टस हारेर पहिलाे ब्याटिङकाे निम्ताे पाएकाे नेपालले ४ विकेटको क्षतिमा २११ रनकाे याेगफल बनायो। नेपालको लागि आसिफ शेखले सर्वाधिक ६९ रन बनाए । त्यसैगरी अर्का खेलाडी दीपेन्द्रसिंह ऐरीले ५३ रन बनाए र लोकेश बमले ३९ रन जोड्दा कप्तान रोहित पौडेलले अविजित २१ रन बनाए ।
सामाओका लागि ड्यानियल बर्गेस, सौमानी टाई, ड्यारियस भिसर, नुह मिडले समान एक–एक विकेट लिए ।
नेपालले ११ वर्षपछि पहिलोपटक आईसीसीको प्रतियोगितामा कुनै उपाधि जितेको हो ।

