सनसनीपूर्ण खेलमा यूएईविरुद्ध नेपाल १ रनले विजयी

spot_img

काठमाडौं – आइसिसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनाेट अन्तर्गत ओमानमा जारी खेलमा नेपालले युएईमाथि एक रनको रोमाञ्चक जित दर्ता गरेकाे छ।

तस्बिर: क्यान

सुपर – ६ काे आफ्नो पहिलो खेलमा नेपालले  युएईलाइ १ सय ४१ रनको सामान्य लक्ष्य दिएकाे थियाे । नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गर्दै ५१ रन बनाए । अर्का ओपनर कुशल भुर्तेलले २८ रन बनाए। दुईबीच पहिलो विकेटका लागि ५६ रनको साझेदारी भयो।

यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले १-१ विकेट लिए ।

तस्बिर: क्यान

नेपालले दिएको १४१ रनको सामान्य लक्ष्य पछ्याएको युएईले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र जोड्न सफल भयाे । यूएईका लागि अलिशान सराफूले अर्धशतकीय पारी खेले । उनले ५८ रन बनाए । ध्रुव पराशरले ३८ रन बनाए ।

नेपालका लागि दीपेन्द्रले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए । सन्दीप लामिछाने, सोमपाल कामी र गुल्शन झाले १-१ विकेट लिए ।

सम्बन्धित समाचार

ताजा समाचार