सुपर-६ मा नेपाले जोड्याे २ अंक, जापान ५ विकेटले पराजित

spot_img

काठमाडौं – आइसिसी टी-२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गरेको छ।

तस्बिर: क्यान

ओमान क्रिकेट एकेडेमीमा भएको खेलमा नेपालले टस जितेसँगै ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभरमा  ८ विकेटको क्षतिमा १३१ रन जोड्यो। जापानका कप्तान केन्डेल काडोवाकी फ्लेमिङले ६० तथा इसाम रहमानले ३१ रन प्रहार गरेका थिए । उनीहरुबीच दोस्रो विकेटका लागि ८६ रनको साझेदारी भएको थियो।

नेपालका लागि गुल्सन झा र सन्दीप लामिछानेले २-२ विकेट तथा नन्दन यादव र सोमपाल कामीले १-१ विकेट लिए।

तस्बिर: क्यान

जापानले दिएको १३२ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा १८ ओभरमा पूरा गर्‍यो। नेपालका लागि ओपनरद्वय कुशल भुर्तेलले २१ रन र आसिफ शेखले ३८ रन बनाए। त्यसैगरी कप्तान रोहिकुमार पौडेलले १८ रन,  गुल्सन झाले २८ रन र दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए ।

जापानका शोमा स्लेटरले २ विकेट लिए ।

दुवै टोली यसअघि नै सुपर-६ मा पुगिसकेका छन्। आजको जितसँगै नेपालले सुपर-६ मा दुई अंक जोडेको छ।

सम्बन्धित समाचार

ताजा समाचार