काठमाडौं । नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्धको पहिलो सिरिज एक खेल अघाडीनै कब्जा गरेको छ । सोमबार शारजाहमा भएको नेपाल र वेस्ट इन्डिजबीच दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले वेस्ट इन्डिजलाइ ९० रनले पराजित गरेसंगै यो इतिहास रच्न सफल भएको छ । वेस्ट इन्डिजसंगको पहिलो खेलमा पनि नेपालले १९ रनको जित निकालेको थियो ।

