डोटी: जेनजी समूहद्वारा २३ भाद्र २०८२ का दिन नेपालभर भ्रष्टाचार बिरुद्धको प्रदर्शनका क्रममा सो दिन १९ जना युवाहरुको मृत्यु भएसंगै, अर्को दिन २४ भाद्र २०८२ मा जेनजी संगै सबै जनता सडकमा उत्रिएका थिए । यो दिन देशभर सरकारी व्यावसायिक भवन तथा व्यक्तिगत घरहरुमा निकै नै धेरै संख्यामा क्षति भएको थियो । यसै सन्दर्भमा डोटी जिल्ला प्रशासन कार्यलयले डोटी जिल्लामा भएको सरकारी तथा निजी सम्पत्तिमा भएको क्षतिको विवरण सार्वजनिक गरेको छ ।
क्षति हुनेमा जिल्ला प्रशासन कार्यलय, नापी कार्यलय, कृषि ज्ञान केन्द्र, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मालपोत कार्यलय, दिपायल सिलगढी नगरपालिकाको कार्यलय, जिल्ला प्रहरी कार्यलय, सशस्त्र प्रहरी, नेपाली काङ्ग्रेस र नेकपा एमालेको पार्टी कार्यालय, दि.सि.न.पा. सिलगढी न.पा. ४ सेतिपूल नजिक ग्यारेजमा पार्किङ गरी राखिएको सिमेन्ट मिक्चर मेसिन रहेको छ ।
यसरी हेर्ने हो भने देशभर निकै नै क्षति भएको अनुमान गर्न सकिन्छ ।



