जेनजीहरूको प्रदर्शनका क्रममा मृतकको संख्या ९ पुग्यो

spot_img

२३ भदौ, काठमाडौं । सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या नौ पुगेको छ । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जना गरेर जम्मा नौ जना प्रदर्शनकारीको मृत्यु भएको हो ।

उनीहरु सबै आन्दोलनमा घाइते भएका थिए । थप उपचारका लागि अस्पताल पुर्‍याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो ।

दिउँसो साढे १२ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी भएको थियो । अहिले काठमाडौंको बिभिन्न क्षेत्र तनावग्रस्त अवस्थामा छ । यद्यपि आन्दोलन रोकिएको छैन ।

घाइतेहरूको संख्या यकिन भइसकेको छैन ।

सम्बन्धित समाचार

ताजा समाचार