रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन उच्चकाे आदेश

spot_img

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालत तुसलीपुरको बुटवल इजलासले कैफियत प्रतिवेदन माग गरेको छ।

बुधबार न्यायाधीश सागर विष्टको इजलासले सुनुवाइ गर्दै पछिल्लो मुद्दामा जिल्ला अदालत रूपन्देहीले आदेश गरेको मिसिल र आधार उल्लेख भएको प्रतिवेदन माग गरेको हो ।

भदौ ९ गते लामिछानेले आफूले बिगो रकम बुझाउँदासमेत रिहा गर्न जिल्ला अदालतले अस्वीकार गरेको भन्दै उच्च अदालतमा निवेदन दिएका थिए ।

लामिछाने सुप्रिम बचत तथा ऋण सहकारीबाट भएको अपचलनको मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा छन् ।

सम्बन्धित समाचार

ताजा समाचार