पाकिस्तान शाहीन्ससँग नेपाल १ रनले पराजित

spot_img

काठमाडाैँ । अस्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजकाे अन्तिम खेलमा पाकिस्तानको साहिन्ससँग नेपाल १ रनले पराजित भएकाे छ ।

शुक्रबार भएको खेलमा पाकिस्तानको साहिन्साले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको नेपालले नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४३ रन बनायो ।

नेपालका लागि कप्तान पौडेलले ५२ रन बनाए । उनले ४४ बलमा ६ चौका र १ छक्का प्रहार गरे । दिपेन्द्रसिंह ऐरिले २१ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ४१ रनमा रनआउट भए । अन्तिम बलमा दिपेन्द्र रनआउट हुँदा नेपालले सिरिजमा चौथो हार व्यहोर्न पुग्यो । आरिफ शेख १ रनमा नटआउट रहे ।

आशिफ शेखले २७, कुशल भुर्तेलले ४, गुल्सन झा ३ र कुशल मल्लले २ रनमा आउट भए । लोकेश बम १० रनमा क्याच आउट भए ।

त्यसअघि डार्विनस्थित मरारा क्रिकेट मैदान टु मा टस जितेर ब्याटिङ गरेको साहिन्साले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४४ रनको योगफल तयार पारेको थियो । साहिन्साका लागि कप्तान इरफान खान ४२ रनमा नटआउट रहे ।

अब्दुल समदले २५ बलमा १ चौका र १ छक्का  हान्दै २६ रनको बनाए ।  मोहम्मद वसिमले २४ रन बनाए ।

ओपनर यासिर खानले १८, मेहरन मुमताजले १० रन बनाए ।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । यस्तै नन्दन यादव र दिपेन्द्रसिंह ऐरीले २-२ विकेट लिँदा कुशल भुर्तेलले १ विकेट लिए ।

सम्बन्धित समाचार

ताजा समाचार