समितिबाट शिक्षा विधेयक पारीत भएकाे भाेलिपल्टै शिक्षक महासंघले घोषणा गर्‍यो आन्दोलन

spot_img

काठमाडौँ । संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएकाे विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले आन्दोलन घाेषणा गरेकाे छ।

महासंघले आज पत्रकार सम्मेलन गरी भदौ ११ गते देखि आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

आन्दोलनको  पहिलो चरणमा  महासंघले प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाउने र धर्नासहतिको कार्यक्रम गर्नेछ ।  दोस्रो चरणमा अवरोधात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यकम ल्याउने महासंघले जनाएकाे छ ।

महासंघकी सहअध्यक्ष नानु माया पराजुलीले भदौ  ११ गते  देखि २० गते सम्म सबै तहमा ध्यानाकर्षण पत्र बुझाउने र २० गतेसम्म सरकारले वेवास्था गरे भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने बताइन् ।

समितिले बिहीबार विद्यालय शिक्षा विधेयक बहुमतले पारित गरेको थियो ।

महासंघले स्थायी भएका शिक्षकको बढुवा हुनु पर्ने, अस्थाई शिक्षकलाई स्थायी बनाउनु पर्ने, ईसीडीका सहजकर्तालाई शिक्षक मान्नु पर्ने, विद्यालय शिक्षकको सेवा सुविधा बढाउनु पर्ने लगाएतका माग विधेयकले नसमेटेको आरोप लगाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार