बाजुराको बिच्छ्या खोलामा भिषण बाढी, वडा कार्यालय, विद्यालयको भवन र निजी घरहरूमा क्षती

spot_img

बाजुरा । बाजुराकाे हिमाली गाउँपालिका- १ स्थित बिच्छ्या खोलाको लेद सहितकाे बाढी बस्तीमा पसेको छ । बाढीले स्थानीय सब्बली थापा र सन्चलाल थापाको दुई घर बगाएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो र तस्वीरहरूमा खोलाको तेज बहावसँगै केही घर र खेतबारी बगिरहेको स्पष्ट देखिन्छ । प्रारम्भिक जानकारी अनुसार, बाढीले बिच्छ्याँको वडा कार्यालय, विछ्या माध्यमिक विद्यालयको भवन, र आसपासका केही निजी घरहरूमा क्षति पुर्याएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बाढीले अन्य थुप्रै भौतिक संरचनामा पनि क्षती पुर्‍याएको जानकारी आएको बताए । ‘केही घर टहरा बगाएको र विद्यालय तथा वडा कार्यालयमा क्षति पुगाएको जानकारी आएको छ । क्षतिको एकिन विवरण भने आएको छैन । घटनास्थलतर्फ प्रहरी टोली गइरहेको छ ।’

बाढीले झोलुङ्गे पुलमा पनि क्षति पुगेको बताइएको छ ।

साथै, खोला किनारका बारी र बगैँचासमेत बगाएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मेघनाथ पाध्याले जानकारी दिए ।  नेपाल टेलिकमको कोटमा रहेको मोबाइल टावर बिग्रिएपछि मर्मत नभएकाले बिच्छ्याँ गाउँ पछिल्लो ६ महिनादेखि पूर्ण रूपमा सञ्चार सेवाबाट वञ्चित भएका कारणाले पनि जानकारी पाउन सकिएकाे छैन ।

सम्बन्धित समाचार

ताजा समाचार