रास्वपाको प्रश्न : जिबी राईलाई कहाँ लुकाइएको छ ?

spot_img

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगीका आरोपित जिबी राईलाई कहाँ लुकाइएको छ  भनेर सरकारलाई प्रश्न गरेको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद अशोक कुमार चौधरीले गृहमन्त्री रमेश लेखकसँग यसको जवाफ मागेका हुन् ।

‘जिबी राईलाई कहाँ लुकाइएको छ ?’ सांसद चौधरीले गृहमन्त्री लेखकलाई सोधे, ‘कति महिना भयो गृहमन्त्री भएको ? उनी (जिबी राई) घर भित्र छन् कि सत्ताको ओढारभित्र ?’

सांसद चौधरीले गिरिबन्धु टिइस्टेटको विषय, नक्कली भुटानी शरणार्थी प्रकरणको विषय समेत कहाँ पुग्यो भनेर गृहमन्त्री लेखकलाई प्रश्न गरे । ‘गिरिबन्धु टिइस्टेटको फाइल कहाँ हरायो ? के यो फाइलले पनि राजनीतिक पासपोर्ट पायो ?’ चौधरीले सोधे, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा को बयान कहाँ पुग्यो ?’

सम्बन्धित समाचार

ताजा समाचार