काठमाडौँ । आगामी साउन २७ गते (मंगलबार)देखि नेपालका विभिन्न स्थानमा भारी वर्षा हुने पूर्वामानुमान मौसमविद्ले गरेका छन् ।
मौसमविद् बिनोद पोखरेलले सामाजिक सञ्जालमा भिडियाे सेयर गर्दै साे कुरा उल्लेख गरेका छन् । उनले सेयर गरेको भिडियोअनुसार मंगलवारदेखि साउन २९ गते बिहीवारसम्म पूर्वदेखि पश्चिम नेपालसम्म नै भारी वर्षा हुने सम्भावना रहेकाे जनाएकाे छ ।
भिडियो सेयर गर्दै मौसमविद् पोखरेलले लेखेका छन्– ‘मौसम पूर्वानुमान अनुसार आगामी मंगलवारदेखि बिहीवारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ ।’
त्यसैले यस अवधिमा सम्भावित बाढी, पहिरो तथा जलमग्नताको खतरा रहने भएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह समेत गरेका छन् ।

