काठमाडौँ । एएफसी यू– २० महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले साउदी अरबलाई पराजित गरेको छ ।निर्धारित समयको अन्तिम मिनेटमा शुक्रिया मियाले निर्णायक गोल गरेपछि एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले साउदी अरेबियाविरुद्ध १–० को कठिन जित निकालेको हाे ।
शुक्रबार भुटानको चिङलिमिथाङ रंगशालामा सम्पन्न खेलको ९०औँ मिनेटमा मिना देउवाकाे पासमा शुक्रियाले गोल गर्दै जित सुनिश्चित गरीन्र ।
यो जितसँगै नेपालले आगामी वर्ष थाइल्यान्डमा हुने एएफसी यू–२० एसियन कपमा स्थान बनाउने सम्भावनालाई कायम राखेको छ ।
नेपालले अब अगस्ट १० मा उत्तर कोरियासँग खेल्ने तालिका छ ।
प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै उत्तर कोरिया, भुटान र साउदी अरेबिया छन् ।

