काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२को नतिजा २५ साउनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
शैक्षिक क्यालेन्डर अनुसार १५ साउनभित्र सार्वजनि हुनुपर्ने नतिजा शिक्षकहरूले आन्दोलन गरेका कारण १० दिनजति ढिलाइ हुने भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माकाल अनुसार परीक्षा ढिलागरी भएकाले नतिजा सार्वजनिकमा ढिलाइ हुने भएको हो ।
गत ११ वैशाखका लागि तय भएको परीक्षा शिक्षक आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघले गत २० चैत देखि २९ दिन आन्दोलन गरेका कारण परीक्षा सारिएको थियो ।

