काठमाडौं गोर्खाजकाे नयाँ लाेगाे सार्वजनिक

spot_img

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को टोली काठमाडौं गोर्खाजले आफ्नो नयाँ लाेगाे सार्वजिक गरेकाे छ । गोर्खाजले यसअघिकाे लोगो परिवर्तन गरी बिहीबार एक कार्यक्रममाझ नयाँ लोगो सार्वजनिक गरेको हो ।

काठमाडौंको नयाँ लोगोमा उपत्यकाका संस्कृति झल्किने डिजाइन छ । जसमा माथिल्लो भागमा भक्तपुरको न्यातपोल (पाँचतले), ललितपुरको पाटन कृष्ण मन्दिर र काठमाडौंको तलेजु भवानी मन्दिरलाई समेटिएको छ ।

यस्तै, बीचमा दुई सिंह आकृतिको मूर्ती र तल्लो भागमा दुई खुकुरी छ । यस्तै, काठमाडौंले आफ्नो नारामा लोगोका तल्लो भागमा रहेको खुकुरीलाई ‘विजयको मार्ग कोर्ने खुकुरी’, मध्य भागमा रहेको सिंहका दुई मूर्तिलाई ‘विरासत जोगाउने रक्षकहरू,’ र माथिल्लो भागमा रहेको मन्दिरहरूलाई ‘एकता गुन्जिने मन्दिरहरू’को रूपमा व्याख्या गरेको छ ।

क्यानले गत वर्षको मंसिरमा एनपीएलको पहिलो संस्करण आयोजना गरेको थियो । प्रतियोगिताको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।

क्यानले वार्षिक क्यालेन्डरमा एनपीएलको दोस्रो संस्करण आगामी नोभेम्बरमा हुने जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार