अर्घाखाँचीमा २० जनालाई बाँदर र बँदेल हेर्ने रोजगारी

spot_img

काठमाडौं । अर्घाखाँचीमा २० जनाले बाँदर र बँदेल हेर्ने रोजगारी पाएका छन् ।

डिभिजन वन कार्यालय अर्घाखाँचीले आइतबार २० जना बाँदर तथा बँदेल हेरालु छनोट गरी नाम सार्वजनिक गरेको छ ।  उनीहरूलाई साेमबार सम्झौता तथा अभिमुखीकरण दिइनेछ । वन्यजन्तुजन्य क्षति न्यूनीकरण, किसानको खेती सुरक्षित गर्ने तथा वन्यजन्तु सहअस्तित्व प्रवर्द्धन गर्ने उद्देश्यले यस्ता हेरालु छनोट गरिएको कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालय र कार्यालय अन्तर्गतका वन व्यवस्थापन काममा सक्रिय समूह कोषमा मौज्दात आय राम्रो रहेका सामुदायिक वन समूहहरूको सहकार्यमा यी हेरालु राख्ने निर्णय गरिएको जनाइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार