काठमाडाैँ । साफ यू- २० महिला च्याम्पियनसीपकाे अन्तिम खेल आज (साेमबार) नेपाली समयअनुसार बेलुका ६ : ४५ बजे बंगलादेशमा हुने छ । अन्तिम खेलमा नेपाल र बंगलादेश भिड्दै छन् ।
उपाधिका लागि नेपाललाई याे खेल जित्नै पर्ने दबाब रहेकाे छ ।
चार टाेली सहभागी प्रतियाेगितामा बंगलादेश अपराजित रहँदै १५ अंकसहित शीर्ष स्थानमा छ । त्यस्तै एक खेलमा पराजित भएकाे नेपाल १२ अंकसहित दाेस्राे स्थानमा रहेकाे छ ।
नेपालले प्रतियाेगितकाे उपाधिका लागि बंगलादेशलाई जित्नै पर्ने दबाब छ भने, बंगलादेशले खेल बराबरी भएपनि उपाधि जित्ने छ ।

