बाढीपहिराेले देशभरका ६ राजमार्ग पूणरूपमा अवरूद्ध, ५ वटा एकतर्फि संचानलमा

spot_img

काठमाडाैँ । देशभर परेको अविरल वर्षापछि आएको बाढीपहिरोले देशका विभिन्न ६ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ५ राजमार्ग एक्तर्फि संचालनमा रहेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग र तमोर–कोरिडोर सडक खण्ड पूर्णरूपमा अवरुद्ध रहेको छ ।

यस्तै नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, रोल्पाको सहिद राजमार्ग र रुकुम पश्चिमस्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।

यसैगरी काठमाडौँको टोखाबाट नुवाकोट जाने सडकखण्ड, बाग्लुङ नगरपालिकास्थित कालिगण्डकी करिडोर, बाग्लुङको गलकोटस्थित मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वस्थित कालिगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग एकतर्फी सञ्चालनमा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार