नेपालले यस वर्ष पनि जित्याे ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड

spot_img

काठमाडाै । नेपाल क्रिकेट संघ (क्यान)ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को ग्लोबल अवार्ड्सअन्तर्गत ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड जितेको छ ।

नेपालले लगातार दोस्रोपटक याे अर्वाड जितेकाे हाे ।

सिंगापुरमा भएको वार्षिक सम्मेलनमा आईसीसीले नेपाललाई उक्त अवार्ड प्रदान गरेको हो । सम्मेलनमा सहभागी नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले आईसीसी अध्यक्ष जय शाहबाट अवार्ड ग्रहण गरे ।

नेपाली क्रिकेटप्रति सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यममा देखिएको संलग्नताका आधारमा अवार्ड दिइएको हो ।

 

सम्बन्धित समाचार

ताजा समाचार