काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्दा तीन जना घाइते भएका छन् ।
मुग्लिन–नारायणगढ सडकखण्डस्थित तुईन खोला पुल नजिकै गुडिरहेको भारतीय कारमा एक्कासी ढुंगा खसेर लागेको थियो ।
कारमा सार पाँच जनामध्ये पछाडि बसेका तीन जना गम्भीर घाइते भएका हुन् । उनीहरूलाई अहिले अस्पताल पठाइएको छ ।
उक्त सडकखण्डमा बिहानदेखि वर्षा भइरहेको थियो । अहिले भने वर्षा रोकिएको स्थानीयले बताएका छन् ।
दुर्घटनालगत्तै प्रहरी अहिले घटनास्थलतर्फ गइरहेको र घटनाबारे थप बुझ्ने क्रम जारी रहेकाे चितवन प्रहरीले जनाएकाे छ । ।

