काठमाडौं । नेपाल शिक्षक महासंघले साउन २१ गतेभित्र शिक्षा विधेयक पारित नगरे आन्दोलनमा जाने चेतावनी दिएकाे छ । आन्दोलनका कारण उत्पन्न परिणामकाे जवाफदेही सरकार हुनुपर्ने समेत महासंघले बताएकाे छ ।
महासंघले आन्दोलनमा जान बाध्य नपार्न सरकारसँग आग्रह गरेको छ । यसका साथै सरकार इमानदार नरहेको महासंघले आरोप लगाएकाे छ । “असार १५ गते शिक्षा विधेयक पारित गर्ने सरकारले प्रतिवद्धता जनाएको थियो । तर, षड्यन्त्र भयो,” महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, “२९ दिने आन्दोलनपछि सहमति गरिएको थियो । साउनको २१ गतेभित्र शिक्षा विधेयक पारित होस् । हामीलाई आन्दोलनमा जान बाध्य नबनाइयोस् ।”



