काठमाडाैँ । रास्वपाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता मुछिएको घूस काण्डमा सत्य तथ्य छानबिन हुनुपर्ने बताएका छन् ।मंगलबारको प्रतिनिधिसभामा बैठकमा बाेल्दै रास्वपा सांसद शिव नेपालीले, गुप्ताले राजीनामा दिएर मात्र नहुने बताएका हुन्र।
मन्त्री गुप्ताले राजीनामा दिएर नैतिकता देखाए पनि गृहमन्त्री रमेश लेखकले आफूमाथि प्रश्न उठ्दा पनि राजीनामा नदिएर पद लोलुपता देखाएको बताए ।
यस्तै मंगलबारको प्रतिनिधिसभा बैठकमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गुप्ताले मन्त्री पदबाट राजीनामा दिएर मात्रै नपुग्ने भन्दै पक्राउ गरेर छानबिन गर्न माग गरेका छन् ।

