स्पेन भ्रमणमा गएर नफर्किएकाहरूकाे छानबिन गर्न गृहमन्त्री लेखककाे निर्देशन

spot_img

काठमाडौं । गृहमन्त्री रमेश लेखकले स्पेन भ्रमणम गएर नफर्किएकाहरूबारे छानबिन गर्न निर्देशन दिएका छन् ।

मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेक गएर नफर्किएकाे भन्ने विषयमा निष्पक्ष छानबिन गर्न प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन् ।

सोमबार गृह मन्त्रालयमा गृहसचिव गोकर्णमणि दुवाडी र आइजिपी थापासँगको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाँदा भिजिट भिसाको प्रयोग गरी गएकाहरूमाथि छानबिन गर्न मन्त्री लेखकले निर्देशन दिएको सचिवालयले जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरोले यस घटनाको छानबिन तथा अनुसन्धान गर्ने भएको छ ।

यसमा कोही दोषी देखिए कारबाहीसमेत गरिने गृह मन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा गएका थिए। उनीसहितको प्रतिनिधिमण्डल असार २० गते फर्किएका थिए । स्पेन गएका कतिपय व्यक्तिहरू नेपाल नफर्किएको भनेर समाचारहरू प्रकाशन भएका थिए ।

स्पेन भ्रमणबाट फर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले असार २४ गते प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री सहभागीसँग स्पेन भ्रमणमा गएकाहरूमध्ये कतिपय स्वदेश नफर्किएको समाचार आएको भनेर बोलेका थिए ।

 

सम्बन्धित समाचार

ताजा समाचार