प्रधानमन्त्रीले भने – स्पेन छोडेर आएको भनेर केही मान्छेले घटिया प्रचार गरिरहेका छन्, जवाफ दिन आवश्यक छैन

spot_img

काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले केही मान्छेलाई स्पेन छोडेर आएको भनेर घटिया प्रचार गरिरहेकोले यसबारे जवाफ दिन आवश्यक नभएकाे बताएका छन् ।

आइतबार झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले साे कुरा बताएका हुन् ।

उनले आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्त्वले मान्छे छोड्यो भनेर घटिया प्रचार गरिरहेको समेत बताए ।

उनले भने, ‘केही विरोधी र अराजक तत्त्वले प्रधानमन्त्री ओलीले स्पेनमा मान्छे छाडेर आयो भनेर झुट र घटिया प्रचार गरेका छन् । यस्ता कुराहरूको जवाफ दिन आवश्यक छैन ।’

प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर ल्याउने क्रममा यो सडक पनि रहेकोे जनाउँदै मेची महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेकोे बताए ।

विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको सो सडक ४४ करोड २४ लाख रुपैयाँ लागतमा बनेकाे हाे । नेपालभरका १७ सडकमध्ये छानिएको ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमुना आयोजना मानिन्छ ।

सम्बन्धित समाचार

ताजा समाचार